पाल्पाको तल्लोकोलडाँडामा संस्कृति जोगाउन ‘साँस्कृतिक सन्ध्या’
तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने
पाल्पा | कात्तिक १२, २०८०
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित शनिबार विविध सांस्कृति सन्ध्याको आयोजना गरिएको हो ।
सो कार्यक्रमबाट करिब ८० हजार रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । उनले संकलित सो रकम तत्कालका लागि कोषमै सुरक्षित राखिने बताए ।
अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।

‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुर्याएको छ ।’
उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमा समेत काम गर्दै आएको रानामगरले बताए । उनले आगामी मंसिरको १ र २ गते बगनासकाली गाउँपालिकाभित्रका वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए ।
उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा उक्त प्रतियोगिता हुनेछ ।
सो प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिता संयोजक धिरज गाहामगरले सो प्रतियोगिताले स्थानीय स्तरको खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए । ‘वडास्तरीय गेम गराउँदा उदीयमान भाइहरुले चान्स पाउँछन्, क्लब स्तरीय गराउँदा गेम राम्रो हुन्छ तर आफ्नौ गाउँठाउँका भाइहरुले मौका पाउदैनन्, गाहामगरले भने, ‘त्यसैले यो वर्षपनि तिहारको अवसरमा वडास्तरीय भलिबल प्रतियोगितालाई नै निरन्तरता दिदैंछौ ।’
उनका अनुसार कार्तिक ३० गतेसम्म बगनासकाली गाउँपालिका भित्रको वडाले टिम दर्ता गर्नसक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

